गाँजासहित दुई पक्राउ



स्याङ्जा, (नेस)। 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले गाँजा लिएर पोखरा जाँदै गरेका दुई युवालाई पक्राउ गरेको छ। सिद्धार्थ राजमार्गअन्तर्गत फेदिखोलामा सवारी चेकजाँच गर्ने क्रममा प्रहरी चौकी फेदिखोलाले पक्राउ गरेको प्रहरीले जनाएको हो।

स्याङ्जाबाट पोखरा जाँदै गर्दा ग १६ प ५४१३ नम्बरको स्कुटीमा सवार दुई युवा गाँजा लिएर पोखरा जाने क्रममा पक्राउ परेका हुन्। पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१० अमरसिंह चोक बस्ने वर्ष २० को विपिन गुरुङ् र वडा नम्बर १२ बस्ने वर्ष २१ का मिसन गुरुङ् रहेका छन्।

नीहरूको साथबाट दुई सय ३० ग्राम सुकेको गाँजा फेला परेको जिल्ला प्रहरी प्रमुख राजकुमार लम्सालले जानकारी दिनुभयो। पक्राउ परेका दुबै युवालाई जिल्ला अदालत स्याङ्जाबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रमुख लम्सालले बताउनुभयो।

गतसाता दुई युवालाई लागूऔषधसहित स्याङ्जा सदरमुकामबाट पक्राउ गरिएको थियो। प्रहरीले लागूऔषध ओसारपसारमा सिद्धार्थ राजमार्ग ट्रान्जिट प्वाइन्ट भएको अनुमान लगाएपछि चेकजाँचमा कडाइ गर्न थालेको छ।

प्रतिक्रिया दिनुहोस्