उसु खेलमा विवाद, ग्राउन्डमै बोतल हानाहान



न्युज अफ नेपाल, काठमाडौं ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत उसु खेलका क्रममा विवाद भएको छ ।

बुधबार लगनखेलस्थित नेपाली सेनाको तालिम तथा प्रशिक्षण केन्द्रमा सुरु भएको उसुको पुरूष ताइजीतर्फ नेपाल, भारत, श्रीलंका र बंगलादेशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

श्रीलंकाका थरिन्दु निर्मल अनुराधाले ९.२१ अंक पाएका थिए भने भारतका ज्ञानदेश सिंहले ९.१५ र नेपालका हरिप्रसाद गोलले ९.०५ अंक पाएका थिए । तर, फल्ट गणना गर्दा श्रीलंकन खेलाडीलाई धेरै अंक दिइएको भन्दै नेपाल र भारतका प्रशिक्षकले विरोध गरे ।

त्यसक्रममा दर्शकहरूले मैदानमा बोतल फालेपछि खेल रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्