मोटरसाइकल दुर्घटनामा एकको मृत्यु



सिन्धुली, (नेस)।

निर्माणाधिन मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका–१० लखिमा मोटरसाईकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ। अन्य दुई जना घाईते भएका छन्।

मृत्यु हुनेमा दुधौली नगरपालिका–१० बस्ने वर्ष ४६ का सडक बहादुर सुनुवार रहेका छन्। आईतबार राती ११ बजेको समयमा बा ५६ प ११०५ नम्बरको मोटरसाईक दुर्घटनामा गम्भिर घाईते भएका सुनुवारको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचारका क्रममा सोमबार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो।

दुर्घटनामा दुधौली नगरपालिका–१० कै २२ वर्षीय हेमबहादुर सुनुवार र दुधौली नगरपालिका–१४ का हेमन्त बहादुर सुनुवार घाईते भएका छन्। दुवै जनाको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भईरहेको उहाँले जानकारी दिनुभयो। मोटरसाईकल आफैं अनियन्त्रित भई दुर्घटना भएको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्