नेपाललाई थप स्वर्ण



????????????????????????????????????

विजय नेपाली, पोखरा ।

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आयोजक नेपालका लागि पोखराबाट अर्को स्वर्ण हासिल भएको छ। मंगलबारभएको दुआथलनमा पुरुषतर्फको स्प्रिन्टमा नेपाललाई स्वर्ण प्राप्त भयो।

नेपालका हिमाल टमाटाले निर्धारित दुरी ५७ मिनेट ३३ सेकेण्डमा पार गरी स्वर्ण जितेका हुन्।रजत पदक पनि नेपालले नै जितेको छ।

विजेता हिमालले कुनै पनि हालतमा स्वर्ण जित्ने भनेर सहभागि रहेको बताए। ५ वर्षदेखि निरन्तर दुआथलनमा लागेका उनले भने– ‘एउटा सपना पुरा भयो। अबको सपना एसिएन खेलमा स्वर्ण पदक जित्ने हो।’

सो विधातर्फ लक्ष्मण मल्लले निर्धारित दुरी ५९ मिनेट १३ सेकेण्डमा पार गर्दै रजत पदक हासिल गरेका छन्। ५९ मिनेट ३२ सेकेण्डसहित श्रीलंकाका आशिथ पेरेराले कास्य पदक जिते।

प्रतिक्रिया दिनुहोस्