सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ शाखा



काठमाडौं, (नेस)।

तारकेश्वरस्थित जरङ्खुमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ शाखा विस्तार गरेको छ। इन्स्योरेन्सको पहुँंच थप विस्तार गर्दै सर्वसाधारण जनतामाझ आफ्नो सशक्त उपस्थिति जनाउने उद्देश्यका साथ आफ्नो १०५औं शाखा जरङ्खुमा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।

उक्त नयाँ शाखाको उदघाटन तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोरा तथा उपप्रमुख भवानी धिताल डोटेल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल एवम् ब्रान्ड एम्बेसेडरद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले संयुक्त रूपमा गरेका थिए।

शाखा कार्यालयको सो उदघाटन कार्यक्रममा कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत कवि फुयाँल, तारकेश्वर नगरपालिका– ९ का वडा अध्यक्ष मनोज घिमिरे, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत हिरामणि घिमिरे, नगर शिक्षा प्रमुख होमनाथ न्यौपानेलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्