निगमलाई नारिता उडानको अनुमति



काठमाडौं, (नेस)।

नेपाल वायुसेवा निगमले जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलको सिधा उडानको अनुमति पाएको छ। उक्त गन्तव्यमा उडान सञ्चालनका लागि निगमले ग्राउन्ड ह्यान्डलिङ अनुमति पाएको छ। ग्राउन्ड ह्यान्डलिङको अनुमति पाएसँगै निगमको नारिता उडान निश्चित भएको निगमले जनाएको छ।

निगमले नारिता उडान गर्न ग्राउन्ड ह्याण्डलिङ, इन्धन र स्लट सेवाको सहमति गरेको छ। निगम र जेक्याबबीच हालै भएको सम्झौताले निगमले तोकेकै समयमा नारिता उडान गर्ने निगमले जनाएको छ।

यसैगरी निगमले छिमेकी मुलुक चीनको ग्वाङ्जाओ अन्तर्राट्रिय विमानस्थलमा पनि सिधा उडान गर्ने भएको छ।सन् २०२० को जनवरी अन्तिमदेखि ग्वाङ्जाओ सिधा उडान गर्ने तयारी गरेको निगमले जनाएको छ।

यसका लागि सबै प्राविधिक तयारी पुरा गरिसकेको निगमको भनाइ छ। चिनियाँ सिभिल एभिएसनले निगमको जहाज ग्वाङ्जाओ उडानका लागि स्वीकृति दिइसकेको छ।्

प्रतिक्रिया दिनुहोस्