शिव, भुवन र राजेशलाई सम्मान अनमोल र नम्रता वर्ष स्टार



कलाकर्मीहरूलाई सम्मान र अवार्ड प्रदान गर्दै चौथो ग्लोबल नेपाली फिल्म अवार्ड २०१९ अमेरिकामा सम्पन्न भएको छ।ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी, नेपाल फिल्म सोसाइटी र गोल्डेन स्टेट मुभी मेकर एलएलसीको आयोजनामा सान फ्रन्सिस्को बे एरियामा भएको अवार्ड समारोहमा फिल्मकर्मी निर शाहलाई शिरोमणी लाइफटाइम अवार्डबाट सम्मानित गरिएको छ।

त्यसैगरी अभिनेतात्रय शिव श्रेष्ठलाई लोकनायक, भुवन केसीलाई युग नायक र राजेश हमाललाई दशकका माहानायक तथा शम्भुजित वासकोटालाई संगीत महरथीबाट सम्मान गरिएको समारोहमा निर्देशक उज्वल घिमिरेलाई गेहेन्द्र धिमाल स्मृति सम्मान र अभिनेता रवीन्द्र खड्कालाई राम केशर बोगटी स्मृति सम्मानबाट सम्मानित गरिएको छ।

नेपालबाट गएका तथा अमेरिकाका विभिन्न राज्यमा वसोवास गर्दै आएका कलाकर्मीका माझ सम्पन्न अवार्ड समारोहमा निर्देशक दीपाश्री निरौलालाई डाइरेक्टर अफ द इअर अवार्ड प्रदान गरिएको छ भने उनैद्वारा निर्देशित फिल्म छक्का पन्जा ३ लाई फिल्म अफ द इअरबाट अवार्डेड गरिएको छ।

समारोहमा नायक नायिका अनमोल केसी र नम्रता श्रेष्ठले स्टार अफ द इयरको अवार्ड चुमे भने अमेरिकामै रहँदै आएका अभिनेता विक्रान्त वस्नेतलाई सपोर्टिङ एक्टर अफ द इएर र नेपालबाट गएकी गायिका अन्जु पन्तलाई बर्षको उत्कृष्ट गायिकाको अवार्ड प्रदान गरिएको छ।

समारोहमा निर्देशक सुरज सुब्बा ‘नाल्बो’, नायिका पूजा चन्द र एभरेष्ट सुर्य बोहराद्वारा निर्देशित फिल्म भैरेलाई ग्लोबल नेपाली फिल्म डाएस्पोरा अवार्ड प्रदान गरियो।

त्यसै गरी नायिका बर्षा राउत र दिपिका प्रसाईंलाई जुरी अवार्डबाट प्रदान गरिएको अवार्ड समारोहमा निर्देशनतर्फको जुरी अवार्ड दिवाकर भट्टराईलाई प्रदान गरिएको छ।

कार्यक्रममा समाजका बिभिन्न बिधा र क्षेत्रमा योगदान पुर्याएको भन्दै ब्यक्तित्वहरूलाई कल्पना लिम्बु, दिनेश कार्की, अन्जना गुरुङ र नारायण सोम्नामेलाई अभियानश्री अवार्ड प्रदान गरिएको छ।

कार्यक्रममा नायक सुशिल क्षेत्री, नायिकाहरू श्वेता खड्का, पूजा चन्द, बर्षा राउत, केकी अधिकारी, दिपिका प्रसाईं र स्थानिय कलाकारले नृत्य तथा हास्य ब्यग्यकार सैलेन्द्र सिम्खडाले व्यग्य कविता प्रस्तुत गरेका थिए

प्रतिक्रिया दिनुहोस्