६ जना सिडिओको सरूवा, को कहाँ ? (सूचीसहित)



न्युज अफ नेपाल, काठमाडौँ ।

गृहमन्त्रालयले मंगलबार छ जना प्रमुख जिल्ला अधिकारीको सरूवा गरेको छ । सरुवा हुनेहरुमा नारायण प्रसाद भट्टराई, डिजन भट्टराई, हुमकला पाण्डे, नारायण प्रसाद भट्ट, जितेन्द्र बस्नेत र लक्ष्मण बहादुर खड्का रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत भट्टराईको जिप्रका चितवन, जिप्रका भक्तपुरमा कार्यरत भट्टको जिप्रका मकवानपुर, जिप्रका चितवनमा कार्यरत बस्नेतको जिप्रका पर्सा र पाण्डेलाई जिप्रका भक्तपुर सरूवा गरिएको छ । यस्तै जिप्रका लमजुङमा कार्यारत डिजन भट्टराईलाई अध्यागमन विभाग कालिकास्थान सरूवा गरिएको छ । अध्यागमन कार्यालय त्रिअविका खड्कालाई जिप्रका लमजुङमा सरूवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्