साग महिला फुटबल खेलमा नेपालकाे संघर्षपुर्ण जित



न्युज अफ नेपाल, काठमाडौँ ।

साग महिला फुटबल खेलमा नेपालले संघर्षपुर्ण जित हात पारेको छ ।

गत संस्करणको रजत पदक विजेता समेत रहेको नेपालले मंगलबार भएको आफ्नो पहिलो खेलमा श्रीलंकालाई १–० को अन्तरले हराएको छ ।

पोखरा रंगशालामा नेपाल विरुद्ध जुझारु र रक्षात्मक प्रदर्शन गरेको श्रीलंकाले घरेलु टोलीलाई अन्तिम समयसम्म रोक्न सकेन । खेलको ८६औं मिनटमा सरु लिम्बुले नेपालका लागि एक मात्र निर्णायक गोल गरिन् ।

लिग चरणतर्फ नेपालले आफ्नो दोस्रो खेल विहीबार माल्दिभ्ससँग खेल्नेछ । त्यस्तै सोही दिन श्रीलंकाले बलियो भारतसँग खेल्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्