सामाजिक संजाल ह्वाट्सएप मार्फत ठगी गर्ने दुई पक्राउ



न्युज अफ नेपाल, काठमाडौँ ।

सामाजिक संजाल ह्वाट्सएप मार्फत ठगी गरिरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी १० घरभई हाल भक्तपुरको कौशलटार बस्दै आइरहेका अमिर थापा र भक्तपुर कमलबिनायकका अमन अवाल रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुले भारतीय मोवाईल नम्बर प्रयोग गरी अमेरिकाबाट आईफोन, ल्यापटप, मोवाईल, क्यामरा, घडी श्रृगार लगायतका सामानहरु सस्तो मुल्यमा पठाई दिने विज्ञापन गरी ठगी गरीरहेको खरलेको छ । सामाजीक संजालमार्फत ठगी भइरहेको सूचनाको आधारमा अनुसन्धान उनीहरु मंगलबार पक्राउ परेका छन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा निजहरुले एक महिनामा आठ लाख भन्दा बढी रकम ठगी गरेको खुलेको छ । यस्तै अनलाईनबाट सामान मगाई थापा र अवालको खातामा रकम जम्मा गरी ठगीएका सबैलाई महानगरीय अपराध महाशाखा टेकुमा समन्वय गर्न प्रहरीले आग्रह गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्