सत्य सत्य ढाट्दिन भन्नेले..



धरान लाहुरेहरूको सहरमात्रै होइन। बामपन्थीहरूको गढ पनि हो। अहिलेको निर्वाचनले धरान नगरमा वाम पार्टीको ‘निद हराम’ भएको छ। २०४७ पछिका हरेक निर्वाचनमा लाल झन्डा फरफराउँदै आएको सो नगरमा यसपटक कांग्रेसले बामझन्डा उखेलेर चार तारे झन्डा गाड्या छ।

धरानमा कांग्रेसका तिलक राई, भक्तपुरको प्रदेश निर्वाचनमा कांग्रेसकै भडेल र अन्यत्र आफ्नै पार्टीका वडाध्यक्ष विजयी भएसी कांग्रेसका मतदाता मात्रै होइन, केन्द्रमा सभापति देउवा पनि द· पर्या छन्। जित्ने अनुमानै नगर्या ठाममा फ्याट–फ्याटी आफ्ना उम्मेदवार विजयी भएसी उनको पनि निँद हराम भाँछ। ‘के भनौं भन्देखिलाई, यसरी नै देशैभरी लालकिल्ला तोड्नुपर्छ भन्देखिलाई’ यसो भन्दै देउवा विजयी उम्मेदवारलाई बधाई दिन व्यस्त छन्।

दुई पाइलट हुँदा असन्तुलन भएर प्लेन बतासिँदा कार्यकर्ता अन्यत्रै मडारिएको र बामपन्थी किल्ला बढारिएको चर्चा शहर बजारमा खुब चल्या छ। साझा पार्टीको तराजु निकै साँधुरो भएर हो कि के हो यो निर्वाचनमा धेरै मतदाता अटाएनन्। ‘भ्यालेनटाइन डे’ नभएर हो क्यार विवकशीलका महिला उम्मेदवारले दिएको गुलाफ पनि बिकेन। उता नेमकिपाको मादलको खरी निकै झरेछ क्यार मादल घन्किएको सुनिएन।

उता तराई मधेशलाई छुट्टै देश बनाउने आन्दोलनमा जुट्या सीके राउतको पार्टी यो निर्वाचनमा स्वाट्टै बढारिएको देख्दा उनी कति छक्क परे कुन्नी, धरहरा चाहिँ उनी भन्दा तीन गुणा बढी छक्क पर्या छ।

प्रतिक्रिया दिनुहोस्