पुरानो साइकलले रचेको नयाँ इतिहास



विजय नेपाली, पोखरा ।

नेपालमा भएको दक्षिण एसियाली खेलकुद प्रतियोगिता(साग) मा खेलाडीहरू पदक मात्र हैन इतिहाससमेत बनाउन चाहन्छन्। पोखरामा आठ खेलको आयोजना गरिएको छ। जसमध्ये ट्रायथलनमा नेपाललाई सोनी गुरुङले पहिलो पटक स्वर्ण दिलाएकी छन्। पोखरामा भएको प्रतियोगितामा स्वर्ण ल्याउने उनी पहिलो नेपाली खेलाडीसमेत बनिन्।

सोनीले ६ वर्ष पहिलेदेखि चलाउँदै आएको साइकल चलाएर महिला स्प्रिन्ट विधामा दुरी १ घण्टा १३ मिनेट ४५ सेकेण्डमा पार गरेर स्वर्ण जितेकी हुन्। रजत पदक जितेकी भारतीय सरोजिनीदेवी थाउदमको समय १ घण्टा १४ मिनेट थियो।

साइकल ट्रायथलन संघको हो। तर साइकल पु्रानो त थियो नै अन्य देशको भन्दा सस्तो र कम कुद्ने पनि थियो। ‘यो ६ वर्ष पुरानो साइकल हो, यदि मैले साइकल चलाउदा धेरै शक्ति खेर फाल्थें टेक्निक लगाएरै खेल जिते’ पदक विजेता सोनीले भनिन्।

विदेशी खेलाडीको साइकल सजिलो, हलुका, राम्रो छ। मेरो रणनीतिअनुसार प्रतिस्पर्धा गरें। उनीहरूको लेभलको साइकल भएको भए म धेरै अघि हुने थिएँ । धेरै नै पावर लाएर कुदाउनु पर्छ ।उनीहरूले ८० प्रतिशत पावर लगाउँदा मैले १२० प्रतिशत पावरलगाउनु पर्यो । त्यसैले ‘आफ्नै रणनीति अनुसार तयार भएँ र पदक हात पारें’ – एपीएफ क्लबका खेलाडी सोनीले बताईन्।

प्रतिक्रिया दिनुहोस्