घरेलु तथा साना उद्योगको प्रवद्र्धनमा सरकार दृढ



काठमाडौं, (नेस),
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आर्थिक विकासका आधार लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन र विकास सरकारको प्राथमिकता दृढ भएर लाग्ने बताउनुभएको छ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ र विभिन्न वस्तुगत संघको संयुक्त प्रतिनिधि मण्डलसँग मन्त्रालयमा आयोजित अन्तत्र्रिmया कार्यक्रममा मन्त्री भट्टले भन्नुभयो–‘लघु, घरेलु तथा साना उद्योगसँग सिंगो राष्ट्रको राष्ट्रिय हित जोडिएको छ। यो क्षेत्रलाई अगाडि बढाउने कुरामा म दृढ छु।’

उद्योग मन्त्रालयसँग लघु, घरेलु तथा साना उद्योगको प्रत्यक्ष सम्बन्ध रहेको भन्दै उहाँले भन्नुभयो–‘तपाईंको सफलतासँगै मेरो सफलता पनि जोडिएको छ, मेरो सफलतासँग तपाईहरुको सफलता पनि जोडिएको छ।’

समस्याका साथै समाधानका उपाय पनि ल्याउन व्यवसायीलाई आग्रह गर्दै उहाँले भन्नुभयो–‘साना उद्योग कसरी बाँचेका छन्। समग्रमा साना व्यवसायीका समस्या के–के छन् पहिचान गरेर वैज्ञानिक र वस्तुवादी भएर ल्याउनुस। अनि छलफल गरौं निकास ननिस्कने कुरै छैन।’

महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले उद्योगको सवालमा पुस्ता हस्तान्तरण हुन नसक्नु, प्रविधि हस्तान्तरण हुन नसक्नु, वित्तीय पहुँचको समस्या र बजारीकरणजस्ता समस्या लघु, घरेलु तथा साना उद्योगले झेलिरहेकोतर्फ ध्यानाकर्षण गराउनुभयो।

‘अघिल्लो पुस्ताले गरिरहेको काम पछिल्लो पुस्ताले गरिरहेको छैन यो नेपालको लागि ठूलो चुनौतिको विषय बनेको छ।’ उहाँले भन्नुभयो – ‘यसका पछाडि दुई तीनवटा कारण छन्।

हामीले जसरी उद्योग चलाइरहेका छौं ती उद्योगहरु व्यवस्थित छैनन्।’ त्यसैगरी प्रदेश सरकारका पनि आँखामा पर्न सकिरहेका छैनन्। यस्ता उद्योगलाई व्यवस्थित गर्न संसारभर उद्योगग्रामको प्रचलन छ।

साना व्यवसायीहरुको उद्योगग्राम चाहियो भन्ने माग बमोजिम उद्योगग्राम अहिलेको सरकारले पहिलो क्याबिनेटबाटै पालिकामा एउटा उद्योगग्राम बनाउने भनेर गरेको छ यसलाई आत्मसात गरेर अगाडि जानुपर्छ भन्ने व्यवसायीको आग्रह रहेको अध्यक्ष गिरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्