प्याजको मूल्यवृद्धिसँगै ६३ प्रतिशत उपभोक्ता घटे



काठमाडौं, (नेस)
भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपाली बजारमा प्याजको बजार भाउ आकाशिएसंगै ६३ प्रतिशत उपभोक्ता घटेका छन्।

चार महिना अगाडि दैनिकी १३८ टन प्याजको कारोबार हुने गरेको कालिमाटी फलफूल तथा तरकारी बजारमा हाल ५१ टनमात्रै कारोबार हुने गरेको कालिमाटी फलफूल तथा तरकारी बजारका सहायक कार्यकारी निर्देशक अर्जुन अर्यालले जानकारी दिनुभयो।

गत साउन १५ गते प्याजको खुद्रा बजारमूल्य ३५ प्रतिकिलोको दरले १३८ टन कारोबार भएको थियो। तर, मंसिर १५ गतेको तथ्यांकमा १६५ प्रतिकिलोका दरले दैनिक ५१ टनमात्रै कारोबार हुने गरेको छ। यो प्याजको बिक्री ६५ प्रतिशतले घट्दा मूल्यवृद्धि ३४६ प्रतिशतले बढेको छ।

प्याजको लागि नेपाल भारतसँग निर्भर हुँदै आएको नेपालको छ। भारतले उत्पादन घटेको भन्दै असोज दोस्रो सातादेखि प्याज निर्यातमा रोक लगाएपछि नेपालमा प्याजको भाउ आकाशिएको हो।

प्रतिक्रिया दिनुहोस्