साग महिला क्रिकेटमा नेपालको विजयी शुरुवात



न्युज अफ नेपाल, पोखरा

साग अन्तरगत महिला क्रिकेटमा नेपालले विजयी शुरुवात गरेको छ ।

आयोजक नेपालले पहिलो खेलमा माल्दिभ्ससँग १० विकेटको ठूलो जित निकालेको हो ।

टस जितेर ब्याटिङ्ग रोजेको माल्दिभ्स १०.१ ओभरमा १६ रनमै समेटिएको थियो ।

७ रनमा पहिलो विकेट गुमाएको माल्दिभ्सले ११ रनमा दोश्रो र तेश्रो, १५ रनमा चौंथो, पाँचौं, छैठौं र सातौं तथा १६ रनमा बाँकि विकेट गुमाएको थियो ।

माल्दिभ्सको पारीमा हम्जा नियाजले ९ तथा हाफ्सा अब्दुल्लाले ४ रन जोडिन् । बाँकि सबै खेलाडी शुन्यमै आउट भए । नेपालले अतिरिक्त ३ रन दिएको थियो ।
जितका लागि १७ रनको लक्ष्य सहित मैदान उत्रिएको नेपालले पहिलो ओभरमै विजयी लक्ष्य पार गर्यो ।

जित पछि नेपाली टिमका कप्तान रुबिना क्षेत्री बेलबासीले प्रतियोगितामा राम्रो शुरुवात गर्न सकेकोमा खुसि व्यक्त गरिन् ।

साथै यहि प्रतियोगिताका लागि आफुहरुले लामो समयदेखि मेहेनत गरेको बताउँदै नेपाली महिला क्रिकेट टिमले केहि गरि देखाउने अवसरका रुपमा यो प्रतियोगितालाई लिएको बेलबासीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्