खाना महोत्सवमा गुणस्त्तर तथा सरसफाईमा ध्यान दिन जरुरी



यमलाल भुसाल, बुटवल ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले आउदो पुष १४ गते देखि १६ गते सम्म बुटवलमा आयोजना गर्ने दोस्रो सडक खाना महोत्सवको वारेमा कार्यक्रम स्थलका जनप्रतिनिधी र टोल वासीसंग छलफल गरेको छ ।

सोमवार संघको सचिवालयमा आयोजित छलफल कार्यक्रममा खाना महोत्सव मानवीय संम्मवेदना संघ जोडिएको विषय भएकाले गुणस्त्तर तथा सरसफाईमा ध्यान दिनु पर्ने सुझाव उनिहरुले दिएका थिए ।

प्रदेश ५ सरकारले मनाई रहेको लुम्बिनी भ्रमण वर्ष तथा नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सफल बनाउने लक्ष्य सहित संघले अग्रेजी नयाँ वर्षको अवसरमा दोस्रो सडक खाना महोत्सव आयोजना गर्ने भएको हो ।

महोत्सव आयोजना हुने ९ नम्बर वडाका अध्यक्ष विष्णु बहादुर थापाले जनप्रतिनिधीले गर्ने र संघले गर्ने कामको विभाजन गरी महोत्सव सफल पार्नका लागि सवै जुटनु पर्ने बताउनु भयो ।

उहाँले जनप्रतिनिधीको रुपमा गर्ने कामलाई प्रभावकारी रुपमा गर्ने प्रतिवद्धता जनाउदै शान्ति सुरक्षा, खानेपानी, सरसफाई, विद्युत र गुण स्त्तरिय खानपानमा गम्भिर हुन संघलाई आग्रह गर्नु भयो ।

कार्यक्रममा मिलन टोल विकास संस्थाका कृष्ण प्रसाद श्रेष्ठ, मिलनचोकटोल विकास संस्थाका शंकर ज्ञवाली, मिलिजुली शितल टोल विकास संस्थाका दीपक गौतम, जागरण टोल विकास संस्थाका हरि प्रसाद खनाल, सत्यसायी भैरव टोल विकास संस्थाका विष्णु प्रसाद ढकाल, शितलकुन्ज टोल विकास संस्थाका हेम बहादुर पछाई, तितेपाती महिला ऋण तथा वचतकी कमला कुवर, प्रगती टोल विकास संस्थाकी ईन्दिरा तिमिल्सीना, मनकामना टोल विकास संस्थाकी शुसिला नेपाल लगायतले महोत्सवलाई नमूनाका रुपमा स्थापित गर्न र बुटवलको चिनारी झल्कीने गरी कुसल व्यवस्थापन गर्न माग गर्नु भएको थियो ।

सहभागीहरुले दिएको सुझावलाई ध्यान दिदै खाना महोत्सवलाई यस क्षेत्रकै नमुना र मनमोहक बनाईने संघका अध्यक्ष समुन्द्र जिसीले बताउनु भयो ।
सडक खाना महोत्सवलाई पर्यटनको विकास संगै जोडिएकाले सव्य र भव्य बनाईने महा सचिव माधव कुमार खनालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्