भुकम्पको पाँच वर्षे दौरानमा ८५ प्रतिशत काम सम्पन्न



सरस्वति न्यौपाने, रसुवा ।

जिल्लामा भुकम्प गएको पाँच वर्षे दौरानमा भुकम्प पिडितले निजि आवास निर्माण ८५ प्रतिशतले गरेका छन ।

राष्ट्रिय पुननिर्माण जिल्लाका आयोजना कार्यालयन एकाई रसुवाको तथ्याङ्क अनुसार जिल्लाका १२ हजार पाँच सय ५९ परिवारले भने पाँच गाउँपालिका मध्ये कम गोसाईकुण्ड गाउँपालिकामा निजि आवास निर्माण सकिएको छ ।

जिल्ला आयोजना कार्यान्वयन एकाई रसुवाका सुचना अधिकारी सुर्य थोक्राका अनुसार गोसाईकुण्ड गाउँपालिकामा एक हजार पाँच सय ५९ निजि घर निर्माण, आमाछोदिङमो गाउँपालिकामा एक हजार पाँच सय ४१, उत्तरगया गाउँपालिकामा एक हजार नौ सय ७१, कालिका गाउँपालिका दुई हजार तिन सय ७२, नौकुण्डमा तिन हजार एक सय ४५ निजि घर निर्माण भएको बताए ।

११ हजार सात सय ९४ जनाले आवास निर्माणको लागी पहिलो किस्ता वापतको रकम बुझेका छन । ११ हजार दुई सय ५७ जनाले दोस्रो र १० हजार पाँच सय ५९ जनाले तेस्रो किस्ता वापतको रकम बुझेका छन । भने पुननिर्माणमा रसुवा अगाडी नै छ ।

प्रतिक्रिया दिनुहोस्