१३ औं साग : मण्डेकाजीले बनाए दोहोरो स्वर्णको कीर्तिमान



न्युज अफ नेपाल, काठमाडौं ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा कराँतेका मण्डेकाजी श्रेष्ठले दोहोरो स्वर्णको कीर्तिमान बनाएका छन् । उनी १३ औं सागमा दोहोरो स्वर्ण जित्ने पहिलो खेलाडी बन्न सफल भएका छन् ।

खेल सुरु भएसँगै उनले नेपाललाई पहिलो स्वर्ण दिलाएका थिए । पुरुष एकल कातामा पाकिस्तानी खेलाडीलाई पराजित गर्दै उनले स्वर्ण पदक जितेका हुन् ।

त्यस्तै उनले पुरुष टिम कातामा पनि नेपाललाई स्वर्ण दिलाउन सफल भएका छन् । मण्डेकाजीसँगै प्रवीण मानन्धर र महसुस तामाङको टोलीले स्वर्ण जितेको हो ।

प्रतिक्रिया दिनुहोस्