लैंगिक समानतासम्बन्धी तालिम



नेपाल समाचारपत्र, दार्चुला। 
दार्चुला जिल्लाको ब्यास गाउँपालिकाका जनप्रतिनिधिहरूका लागि सञ्चालन गरिएको ५ दिने प्राकृतिक स्रोत व्यवस्थापन कार्य योजना निर्माणमा लै·िक समानता तथा सामाजिक समावेशीताको मूलप्रवाहीकरण तालिम आइतबारबाट शुरु भएको छ।‘सशक्त हिमवन्ती, प्राकृतिक स्रोतको दिगो व्यवस्थापन र ग्रामीण महिलाको समुन्नती’ भन्ने मूल नारा दिएर उनीहरूलाई तालिम दिइन लागेको हो।

हिमवन्ती नेपालको आयोजना तथा कैलाश पवित्र भू–परिधि संरक्षण तथा विकास पहल (ईसिमोड) कार्यक्रमको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको आयोजक संस्था हिमवन्ती नेपालका कार्यक्रम संयोजक सरिता लामाले जानकारी दिनुभयो। प्राकृतिक स्रोत व्यवस्थापनका लागि निर्माण हुने आवधिक योजनामा लै·िक समावेशिताको मूल प्रवाहीकरणका लागि तालिमको आयोजना गरिएको उहाँले जानकारी दिनुभयो।

तालिममार्फत् जनप्रतिनिधिहरूलाई लै·िक समावेशिता सम्बन्धी अभिमुखीकरणसमेत गरिएको उहाँले बताउनुभयो। ब्यास गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, ६ वटै वडाका वडाध्यक्ष, अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका गेम स्काउट, अपिनाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् उपभोक्ता समितिका पदाधिकारी, सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी, दलित जनजाती गरी ३० जनाको सहभागी रहेको तालिमको सुदूरपश्चिम प्रदेशसभाका सांसद गेल्बु सिंह बोहराले गर्नुभएको थियो। तालिम गाउँपालिकाको केन्द्र सुन्सेरामा सञ्चालन भइरहेको छ।

तालिमको सहजीकरण हिमवन्ती नेपालका कार्यक्रम संयोजक सरिता लामा, कैलाश पवित्र भू–परिधि संरक्षण तथा विकास पहल कार्यक्रमका स्रोत सुशासन विश्लेषक डा. विनय पसखल, डा. कमला गुरुङ र हिमवन्ती नेपालका सुवेश गुप्ताले गरिरहनुभएको छ। गाउँपालिकामा तालिम सम्पन्न भएपश्चात जिल्ला स्तरमा अभिमुखिकरण गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्