भ्रमण वर्ष सफल पार्न यूएईमा अन्तरक्रिया



काठमाडौ, (नेस)।

नेपाल भ्रमण २०२० लाई सफल पार्ने उद्देश्यका साथ शुक्रबार नेपाली राजदूतावास अबुधाबीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाली रादूतावास अबुधावीको आयोजनामा दूतावासमा आयोजित कार्यक्रममा युएईमा रहेका विभिन्न संघसस्थाका प्रतिनिधि, युएईमा रहेका नेपाली ट्राभल्स व्यावसायीका साथै अन्य व्यावसायि, समाजसेवी, राजनीतिक दलका भातृ संगठनहरू, एनआरएनलगायतको उपस्थिति रहेको थियो।

युएईमा रहेका नेपालीहरूको धारणा लिन आयोजना गरिएको कार्यक्रममा विभिन्न संघसस्था प्रमुखहरूले आफ्नो आफ्नो धारणा राख्नुभएको थियो।
युएईमा रहेका नेपाली व्यावसायिहरू र नेपाली ट्राभल्स व्यवसायिहरूले विशेष भूमिका निर्वाह गर्नुपर्नेमा धेरैको जोड थियो।

कार्यक्रम बोल्दै एनआरएन युएईका अध्यक्ष प्रकाश कोइरालाले दूतावाससँग हातेमालो गरेर भ्रमण वर्ष सफलपार्न आफू र आफ्नो संस्था लाग्ने भन्दै अन्य संघ सस्थालाई पनि सहकार्य गर्न आग्रह गर्दै युएईमा रहेका एक नेपालीले एक पर्यटक नेपाल पठाउन सके भ्रमण वर्ष सफल हुने धारणा राख्नु भयो।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले युएईका सपि· मलहरूमा भ्रमण वर्षको भिडियो राखेर नेपाल भ्रमण वर्षको प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभएको थियो। युएईमा गुड्ने गाडीहरूमा भ्रमण वर्षको लोगो लगाउने र स्थानीय सञ्चारमाध्यमबाट पनि प्रचारप्रसार गर्नुपर्ने उपस्थित अधिकांश वक्ताहरूको जोड थियो।

कार्यक्रममा नेपाली राजदुत कृष्णप्रसाद ढकालले उठेका सबै विषयमा आफ्नो ध्यान जाने भन्दै युएईमा रहेका सबै नेपालीलाई भ्रमण वर्ष सफलपार्न आ–आफ्नो ठाउँबाट लाग्न आग्रह गर्नुभएको थियो।

 

प्रतिक्रिया दिनुहोस्