दुई दिन सार्वजनिक विदा



कृष्णउदास खनाल, वीरगन्ज ।

बाराको पवित्र धार्मिक सथ्ल गढीमाईमा लागिरहेको मेलाका लागि भन्दै पर्सा जिल्ला सहित प्रदेश नम्बर २ का साुमदायियक तथा निजी बिद्यालयहरुमा बिदा दिइएको छ ।

गढीमाई मेलाको अवसरमा प्रदेश २ सरकारले दुई दिन सार्वजनिक विदा दिएको हो। गढीमाई मेलाका अवसरमा मंसिर १७ गते प्रदेश सरकारले मंसिर १७ गते र १८ गते स्थानीय बिदा कट्टा हुनेगरी बिदा दिइएको हो ।

वाराको गढीमाईमा प्रत्येक ५ वर्षमा लाग्ने मेला अहिले चलिरहेको छ । आयोजन यही मंसिर १७ गते गढीमाई मेलामा विशेष पूजाआजा भएकोले सो दिन पनि प्रदेश २ भरि सार्वजनिक विदा दिइएका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले विज्ञप्तीमार्फत जानकारी गराएको छ ।

पर्सामा रहेका बिद्यालयहरु पनि बिदा गर्ने निर्णय भएको वीरगन्ज महानगरपालिकाका मेयर बिजय सरावगीले जानकारी दिनुभयो । उहाँले हरेक पाँच बर्षमा लाग्ने मेला भएका कारण पनि बिद्यार्थीहरुमा लागि लक्षित गरेर सार्वजनिक बिदा दिइएको जानकारी दिनुभयो ।

यसैबीच बलीका लागि भन्दै भारतबाट गढीमाईमा सयौं राँगाहरु भित्राइएको छ । यही मंसिर १७ र १८ गते गढीमाईमा बली चढाइने निश्चित भएको मन्दिरका मुख्य पुजारी शिव चौधरीले बताउनुभयो । उहाँका अनुसार यस पटक पनि राँगा, सुँगुर, मसा, पाठो र परेवाको बली दिएपछि बली शुरु हुनेछ ।

बली प्रथाका बिषयमा अहिले चर्को आलोचना भइरहेको छ भने सर्बोच्च अदालतले समेत बली गढीमाईमा नचढाउन आदेश दिएको छ । भक्तजनहरुको आस्थाका बिषय भएका कारण आफूहरुले रोक्न नसकेको मेला ब्यवस्थापन समितिका महासचिव मोतीलाल कुशवाहाले जानकारी दिनुभयो ।

हरेक पाँच बर्षमा लाग्ने मेला मंसिर महिलाभर संचालन हुनेछ। बाराको महागढीमाई वडा नम्बर १ बरियारपुरमा यो मन्दिर १३ बिघा क्षेत्रफलमा अवस्थित छ ।

प्रतिक्रिया दिनुहोस्