पेटभित्र फोहोर



बैंकक, (एजेन्सी)।

थाइल्यान्डको उत्तरी भागमा रहेको एउटा वन्यजन्तु निकुञ्जमा मरेको एउटा जंगली हरिणको पेटभित्र सात किलोग्राम फोहोर पदार्थ भेटिएको बुधबार सरकारी अधिकारीहरुले बताएका छन्।

ती भाले हरिणको पेटभित्र पुरुषको अन्डरवियर , प्लास्टिकका झोला, इनस्टान्ट कफीका प्याकेट र प्लास्टिकको डोरीका टुक्राहरुलगायतका वस्तुहरु फेला परेको खुन साथान नेसनल पार्कका एकजना कर्मचारीको भनाइ उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएको छ। मर्नु भन्दा लामो समयअघिदेखि नै त्यसले प्लास्टिक खाँदै आएको बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस्