देशव्यापी आगजनीको निन्दा



तेहरान, (एजेन्सी)।

इरानमा केही समयदेखिको आन्दोलनले हिंस्रक रुप लिएपछि देशव्यापी ७ सय ३१ बैंक र १ सय ४० सरकारी भवनमा आगजनी गरेको घटनालाई ‘अत्यन्तै खतरनाक षडयन्त्र’ को संज्ञादिँदै इरानी वरिष्ठ नेताले त्यसको कडा निन्दा गरेका छन्।

सन् २००९ मा चुनावी धाँधली विरुद्ध भएको प्रदर्शनलाई सरकारले दमन गरेपछिको देशको सबैभन्दा खराब सरकार विरोधी प्रदर्शनलाई लिएर सर्वोच्च नेता अयोतोल्लाह अली खामेनीले इरानी जनताले परास्त गरिसकेको षडयन्त्रलाई प्रदर्शनले उचाल्न खोजेको बताए। देशमा इन्धन तेलको मूल्य बढाउने घोषणापछि नोभेम्बर १५ बाट अस्थिरता शुरु भएको हो।

प्रतिक्रिया दिनुहोस्