अवैध हतियारसहित एक पक्राउ



गुल्मी, (नेस)।

भरुवा बन्दुकसहित १ जना पक्राउ गरेका छन्। जिल्लाको मालिका गाउँपालिका–४ बस्ने ३७ वर्षीय भक्तबहादुर रानालाई १ थान भरुवा बन्दुकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

अवैधरूपमा राखिएको हतियारसहित रानालाई प्रहरीले अर्खाबाङबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखिएको प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले बताउनुभयो। प्रहरीले रानालाई अवैध हातहतियार तथा खरखजना मुद्दा चलाउने तयारी गरेको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्