ह्वाइट हाउस बन्द



वासिंगटन, (एजेन्सी)।

अमेरिकाको राजधानी वासिगंटन डिसीमा मंगलबार बिहानै एक अनाधिकृत विमानले उडान भरेपछि राष्ट्रपति भवन ह्वाइट हाउस बन्द गर्न आदेश दिइएको बताइएको छ। उक्त घटनापछि क्यापिटल हिल पनि खालि गरिएको अमेरिकी सञ्चार माध्यमले जनाएको छ।

उक्त विमानलाई रोक्न वायुसेनाका विमानहरुलाई पछ्याउन लगाइएको थियो। विमान कुनै प्रकारको खतरा नदेखिएपछि ह्वाइट हाउस खोलिएको जनाइएको छ।

डिसीको प्रतिबन्धित हवाईक्षेत्रमा विमान प्रवेश भएपछि स्थानीय प्रशासन अलर्ट भएको र तत्काल ह्वाइट हाउस बन्द गर्न लगाएको थियो। त्यतिबेला सञ्चारकर्मी नियमित प्रेस व्रिफिंगका लागि त्यहाँ बसेका थिए।

प्रतिक्रिया दिनुहोस्