चन्द्रमा दायाँ भएसी



लेखान्त भन्ने कुरो पनि अचम्मै हुने भन्या। सामान्य घरबार भएकाहरू दरबार छिर्ने दरबारका जन्मजात हकदारहरू सामान्य दैनिकीमा झर्ने। राज खान्दानमा हुर्किएकालाई सामान्य जिवन जुर्ने, दुर दराजमा सामान्य थाङ्नामा लटपटिदै च्याख्ला, मकै, ढिडो र मौका मिल्या बेलामा मात्रै चामलको भात चाख्न पाउन चाहिँ दरबार छिर्ने।

धरहराले धेरै बखान गर्नु पर्दैन, पाठकवृन्दले पूर्व युवराज पारस र अहिलेका हाम्रा नेताज्यूहरूको जिवनशैली नियाले पुग्छ। नेताज्यूहरूलाई ‘जनताले’ श्री ५ र श्री ३ नभनेर के भो त यीनको जिवनशैली ऊ बेलाका राजपरिवार र राणाजी भन्दा कमजोर छैन।

पारसले जिवनको असली रस राजदरवार छोडेसी बुझ्या छन्, हाम्रा नेताजीहरू सिंहदरवार र अन्य दरबार छिरेसी असली जिवन चटक्कै बिर्सिया छन्। राजपरिवार र राजयोगमा जन्मिएका भनेर के गर्नु, पारस यही देशमा अनेकथरी भेषमा रमाइरहेका छन्। पारसको लाइफस्टाइल देखेर कहिले काहिँ त धरहरालाई सपना र विपना छुट्याउन गाह्रो पर्छ भन्या।

प्रतिक्रिया दिनुहोस्