श्रीलंकाली आदिवासीलाई खोपडी फिर्ता



कोलम्वो,(एजेन्सी)।

वेलायतको एडिनवर्ग विश्वविद्यालयले श्रीलंकाली आदीवासी समुहका नौ जना सदस्यको खप्पर तिनीहरुका पुर्खालाई फिर्ता गरेको छ। विशेषज्ञहरुले ति हाडखोड भेदा जातिका मानव पूर्खाको अवशेष भएको बताएका छन्। ति अवशेष दुई सय वर्षभन्दा पुरानो रहेको अनुमान गरिएको छ।

कम्तिमा एक सय वर्ष अघि विश्वविद्यालयको शरिर विज्ञान अध्यापनमा प्रयोग गर्न ति खोपडी संग्रह गरिएको बुझिएको छ। विश्वविद्यालयको पुस्तकालयमा आयोजित एक विशेष कार्यक्रममा भेदा समूहका प्रमुख वान्निया उरुवारिगेलाई ती खोेपडी हस्तान्तरण गरिएको छ।

वान्नियाले भनेका छन्, ‘भेदा समाजमा मृतकहर निकै महत्वपूर्ण छन्। हरेक वर्ष हामी हामीबाट छुटिसकेका मृतात्माको सम्मानमा एक विशेष कार्यक्रममको आयोजना गर्ने गरेकाछौं।’

वषौंदेखि यि अवेशेष एडिनवर्गमा रहेता पनि तिनका आत्मा श्रीलंकामै थिए। यसरी भौतिक शरिर र आत्मा मिलाउनका लागि विश्वविदालयले गरेको योगदानलाई धन्यावाद दिन चाहन्छु। ’

विश्व विद्यालयको अन्य १२ हजार वटा मानव अवशेषभित्र ती खोपडीहरू कसरी संकलित भए भन्नेबारे विस्तृत विवरण भेटिएको छैन। भेदाले आफुहरू श्रीलंकाको सबैभन्दा पहिलो पुर्खा भर्ना गर्ने गरेको दावी अनुसन्धानकर्ताहरुले जर्मनी र एडिनवर्गमा गरेको खोपडीको अध्ययनले पुष्टि गरेको छ।्

प्रतिक्रिया दिनुहोस्