अमेरिकी राष्ट्रपति चुनाव २०२० : अर्बपति डेमोक्र्याटिक उम्मेदवार ब्लुमबर्गको कीर्तिमान खर्च



वासिङटन, (एजेन्सी)।

अमेरिकी राष्ट्रपति चुनाव २०२० का सम्भावित डेमोक्र्याटिक उम्मेदवार माइकल ब्लुमबर्गले आफ्नो प्रचार अभियानका लागि आगामी हप्ता ३ करोड १० लाख अमेरिकी डलर टेलिभिजन विज्ञापनमा खर्च गर्ने सहमति गरेका छन्। कुनै उम्मेदवारले एक सप्ताहका लागि गर्न लागेको यो खर्च अहिले सम्मकै सबैभन्दा ठूलो रकम भएको विज्ञापन निगरानी फर्म एडभरटाइजिंग एनालाइटिक्सले जनाएको छ।

७७ वर्षिय ब्लुमबर्ग अगाडी यो किर्तिमान पूर्व राष्ट्रपति बाराक ओबामाको नाममा थियो।उनले सन् २०१२ मा चुनाव प्रचारको अन्तिम चरणमा एक हप्तामा २ करोड ५० लाख अमेरिकी डलर खर्च गरेका थिए।माइकल ब्लुमबर्गले आइतबार औपचारिक रूपमा राष्ट्रपति उम्मेदवारका लागि दावेदारी पेश गरेका थिए।

उनी जलवायु परिवर्तन विरुद्ध कार्य गर्ने कार्यकर्ताका रूपमा चिनिन्छ। ७७ बर्षिय ब्लुमबर्ग राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका आधिकारिक प्रत्यासी बन्ने होडमा समावेस हुने पछिल्लो नेता हुन्। प्र्रत्यासी चयन अर्को वर्ष फेब्रुअरी ३ मा आयोवा कसकसको प्राइमरी मतदानबाट हुने छ।

उम्मेद्वार घोषणा गर्ने क्रममा ब्लुमबर्गले भने– ‘म डोनाल्ड ट्रम्पलाई हराउन र अमेरिकालाई पुनः निर्माण गर्न राष्ट्रपति पदका लागि लडिरहेको छु। हामी थप चार बर्ष सम्म राष्ट्रपति ट्रम्पको बिना सोच र अनैतिक कदमलाई सहन सक्दैनौं।’ उनले हाम्रो देशको अस्तित्व र हाम्रो मूल्यका लागि खतरा उत्पन्न गराएको छ।

ट्रम्प फेरी जितेमा उनीबाट हुने नोक्सानलाई कहिल्यै भरपाइ गर्न नसक्ने र त्यो भन्दा खतरा हुन नसक्ने उनले बताए। ब्लुमबर्ग न्युयोर्कका पूर्व मेयर तथा फाइनेन्सियर इम्फर्मेसन एन्ड मिडिया कम्पनी ब्लुमबर्गका संस्थापक हुन्। उनको कम्पनीको कूल सम्पती ५४ अर्ब डलर रहेको छ। यो वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको कूल सम्पती ३ अर्ब १० करोड डलरको तुलनामा १७ गुणा धेरै हो।

फोब्र्सले जारी गरेको विश्वका अर्बपतिहरूको सूचीमा ब्लुमबर्ग ९ औ स्थानमा पर्छ।ब्लुमबर्गको चुनाव खर्चलाई लिएर बाँकी उम्मेद्वारहरूमा चिन्ता बढेको बताइएको छ। सांसद् बर्नी सेन्डर्सले ट्विट गरी पैसाले नै चुनाव जित्न सक्छ वा राजनीतिक प्रक्रियालाई बाँध्न सक्छ भन्ने माइकल ब्लुमबर्ग वा कुनै पनि अर्बपतिको विचार प्रति घृणा गर्ने बताए।

यदि तपाई धरातलमा समर्थन पाउन सक्नु हुन्न भने राष्ट्रपति चुनाव लड्न हुन्न, उनले ट्विटमा लेखेका छन्।ब्लुमबर्ग सन् २००२ देखि २०१३ सम्म न्युयोर्कको मेयर रहेका थिए। उनले बिहिबार मात्रै राष्ट्रपति चुनावका लागि उम्मेदवार घोषणा गरेका थिए। उनले सोमबारदेखि टेलिभिजन विज्ञापन अभियान थाल्नेछ। अमेरिकी राष्ट्रपतिचुनाव अर्को वर्ष नोभेम्बरमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्