जोनसनको घोषणापत्रमा ब्रेक्जिट मुद्दा प्रमुख



लन्डन, (एजेन्सी)।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आम चुनावका लागि कन्जरर्भेटिव पार्टीको घोषणापत्र जारी गरे। पार्टीको घोषणापत्रमा बे्रक्जिटलाई विशेष स्थान दिएको छ। बेलायतमा डिसेम्बर १२ मा आम चुनाव हुन् गईरहेको छ।

वेस्ट मिडल्यान्डको एक चुनावी र्यालीका क्रममा जोनसनले उनको सरकार आएमा भ्याट, आयकर र राष्ट्रिय वीमाको वृृद्धी नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले भने – ँअन्य पार्टीभन्दा भिन्न हामी यो चुनावमा ब्रेक्जिट सहमति गर्नका लागेका हौें’।

जोनसनले ५९ पृष्ठको घोषणापत्र जारी गर्दै टोरीको पार्टी नयाँ संसद्मा बेलायतलाई बस्न, स्वास लिन, बच्चालाई हुर्कन र व्यापार गर्नका लागि विश्वको सबैभन्दा उत्कृष्ट स्थान बनाइने बताए। उनले विपक्षी दल लेबोर पार्टीका नेता जेरेमी कार्बिन र स्कटल्यान्ड फस्र्ट सेक्रेटरी निकलो स्टुरजन वीच गठबन्धन सरकार बन्न नदिन जनतालाई आव्हान गरे।

अक्टोबर ३१ को समयसीमामा युरोपेली संघबाट अलगिने सम्झौतामा सहमत गराउन नसकेपछि उक्त तिथि डिसेम्बरको अन्तिम सातासम्मका लागि सारिएको थियो। युरोपेली संघबाट बेलायत अलगिन प्रधानमन्त्री जोनसनले ल्याएको सहमति मस्यौदालाई देशको संसदले अस्विकार गरिएको थियो। सहमति पारितका लागि भएको मतदानमा सत्तारुढ दलकै सांसदहरूले विपक्षमा मत दिएका थिए।

ब्रेक्जिट प्रक्रिया सारिएपछि डिसेम्बरको मध्यमा आम चुनाव गर्ने तय भएको थियो।त्यसैले पनि यो चुनावमा ब्रेक्जिटको मुद्दा महत्वपूर्ण मानिएको छ। चुनावको नतिजाले बेलायत अलगिने प्रक्रिया निर्धारण हुनेछ। स्थिति अनुकूलभएमा इयुसँग सम्झौतासहित र प्रतिकूलभएमा सम्झौता रहित ब्रेक्जिट प्रक्रिया अगाडी बढ्ने छ।

प्रतिक्रिया दिनुहोस्