भाजपाका उम्मेदवारलाई लात्ता हानेर झाडीमा फालियो (भिडियोसहित )



ऐजेन्सी । भारतको पश्चिम बंगाल राज्यमा भारतीय जनता पार्टी (भाजपा)का उम्मेदवार जयप्रकाश मजूमदारलाई क्षेत्रीय दल तृणमूल कांग्रेसका कार्यकर्ताले कुटपिट गरेका छन् । कांग्रेसका कार्यकर्ताले मजूमदारलाई लात्ताले हानेर मतदान केन्द्रनजिकै रहेको झाडीमा खसालेका छन् ।

सोमबार पश्चिम बंगालको करिमनगरमा विधानसभाको उपनिर्वाचनका लागि मतदान भइरहेको ठाउँमा प्रवेश गर्न खोजेका मजूमदारविरुद्ध कांग्रेसका कार्यकर्ताले ‘फर्केर जाऊ’ भन्दै नारा लगाएका थिए ।उनीमाथि भएको हातपातको भिडियो समेत सार्वजनिक भएको छ । भीडलाई नियन्त्रणमा ल्याउन प्रहरीले लाठीचार्ज समेत गर्नुपरेको थियो ।

घटना भए लगत्तै भाजपाका नेता मुकुल रायले निर्वाचन आयोगलाई पत्र लेखेर आक्रमणबारे जानकारी गराएका छन् । रायले सो पत्रमा मजुमदरमाथि टिएमसीका कार्यकर्ताले घरेर अभद्र व्यवहार गरेकाले उनीहरूलाई कारबाही हुनुपर्ने माग राखेका छन् ।

तृणमूल कंग्रेसका सासंद परमनाथ रोयको निधनपछि उक्त स्थानमा उपनिर्वाचन गराइएको थियो।

प्रतिक्रिया दिनुहोस्