छुरा प्रहार



वासिङ्टन, (एजेन्सी)।

प्रहरीले अमेरिकाको ओहाइयोमा भुवादार बुट लगाएकै झोंकमा एकजना महिलालाई छुरा प्रहार गरी मार्ने प्रयास गर्ने एकजना महिलालाई नियन्त्रणमा लिएको छ। एउटा चर्चभित्र महिलालाई छुरा प्रहार गरेको अभियोगमा प्रहरीले ३५ वर्षिया मरेदिथ लोवेललाई गिरफ्तार गरेको हो।

प्रहरीले परिचय नखुलाइएकी ती महिला चर्चमा बच्चालाई स्याहार्ने कामदार भएको स्पष्ट पारेको छ। उनलाई बालबालिकालाई समूह गायन अभ्यासका लागि पुर्याएर आउँदै गरेको बेला अचानक आक्रमण गरिएको थियो। ति महिलालाई दुईटा पाखुरा र पेटमा चोट लागेको छ।

प्रतिक्रिया दिनुहोस्