सिपेकल देशमा आर्थिक उन्नति ल्याउने पाकिस्तानी प्रधानमन्त्रीको दाबी



इस्लामाबाद (एजेन्स)।

चीन पाकिस्तान आर्थिक कोरिडोर (सीपीईसी अर्थात सीपेक)को दोस्रो चरण अन्तर्गत आद्योगिक सहयोगले देशको रोजगारी क्षेत्रमा एक स्थायी बृद्धी ल्याउने एक पाकिस्तानी मन्त्रीले बताएकाछन्। पाकिस्तानका योजना विकास तथा सुधार मन्त्री असद उमरले देशभरी ९ विशेष आर्थिक क्षेत्र स्थापित गर्ने तयारी भइरहेको जानकारी दिँदै उक्त दावी गरेका हुन्।

उनले यसै हप्ता मात्र आफनो मन्त्रालयको जिम्मेवारी सम्हलेका हुन्।कराचीमा आयोजित एक संवाददाता सम्मेलनमा पाकिस्तानको उत्तर पश्चिमी प्रान्त खैबर पख्तुनख्वा प्रान्तमा छिट्टै नै उद्घाटन हुने उनले जानकारी दिए।

सीपीइसीको पहिलो चरण आधारभुत संरचनामा सुधार, विजुली संयंन्त्रको स्थापना र दक्षिण–पश्चिम ग्वादर बन्दरगाहको विकास र सञ्चालनसँगै सफलतापूर्वक पुरा भइसकेको उनले जानकारी दिए। अबको दोस्रो चरण सामाजिक क्षेत्र, कृषि विकास र औद्योगिक सहयोगमा सहकार्य हुने उनले थपे।

सीपीईसीले ऋण बढाएको आरोपलाई अस्विकार गर्दै यस परियोजनाले औसात ब्याज दर २ दशमलव ३४ प्रतिशतमा पाकिस्तानले ४ अर्ब ९० करोड डलर ऋण ल्याएको उनले स्पष्ट पारे। यो रकम तुलनात्मक रूपमा अत्यन्तै कम भएको र यो एक प्रकारको लगानी मात्र भएको उनले बताए।

उनले भने– सीपीईसीले पाकिस्तानी अर्थब्यवस्थामा बोझ नदिएको तर संकटबाट बाहिर आउन मद्दत गरेको छ। सीपीईसीले आधारभुत संरचनामा क्रान्ति ल्याएको र पाकिस्तानको आर्थिक उन्नतीमा मद्दत गरेको छ।

प्रतिक्रिया दिनुहोस्