तीन मारिए



बोगोटा, (एजेन्सी)।

राष्ट्रपति इभान डुक्यूको दक्षिणपन्थी सरकार विरुद्ध राष्ट्रव्यापि आम हडतालमा उत्रेका प्रर्दशनकारी र प्रहरीबिचको भिडन्तमा कम्तिमा तीनजना मानिसको ज्यान गएको सरकारी अधिकारीले बताएका छन्।

सभावित आर्थिक कडाई नीतिप्रति असन्तुष्टि जनाउँदै दुई लाख भन्दा बढी मानिस सडकमा ओर्लेका थिए। अधिकाँश स्थानमा विरोध प्रदर्शन शान्तिपूर्ण नै रहेपनि राजधानी बोगोटा र काली लगायतका केही शहरमा प्रहरी र प्रदर्शनकारीबिच भिडन्त भएको थियो। अहिले ल्याटिन अमेरिकाका विभिन्न मुलुकमा सरकार विरुद्ध धमाधम प्रदर्शन भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्