दुर्घटनामा एकको मृत्यु, ४० घाइते



धादिङ, (नेस)।

पृथ्वीराजमार्गस्थित धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारमा आइतबार बिहान भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्।

नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बा२ख ६२६८ नम्बरको जन्ती बोकेको बस सडकको खाल्डो छल्न लाग्दा दुर्घटना भएको थियो।

दुर्घटनामा नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–५ की १४ वर्षीया डोल्मा तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताउनुभयो।

दुर्घटनामा घाइते भएका ४० जनामध्ये १७ जनाको अवस्था गम्भीर भएकोले थप उपचारका लागि काठमाडौं ट्रमा सेन्टर पठाइएको छ भने २३ जनाको बैरेनी र गल्छीमा रहेका स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्