रिजल्टको चुरो कुरो



विद्यालय र विश्वविद्यालयमा विद्यार्थीले प्राप्त गर्नुपर्ने ‘पास माक्स’ र नेता–मन्त्री उत्तीर्ण हुन प्राप्त गर्नुपर्ने अंक कहाँ उस्तै हुँदो रै’छ र ? क्याबिनेट गोलमेल गर्दा मन्त्रीलाई गरिएको ‘किक आउट’ देख्दा उत्तीर्ण हुने अंकबारे अब धरहरा प्रस्ट भा’छ।

‘फलाना त लास्टबाट पहिलो भयो होला केको हुन्थ्यो फस्ट, सेकेन्ड’ अभिभावक र तीनका आफन्तले विद्यार्थीलाई यसरी गरिने व्यंग्य नौलो होइन।

यसपटकको क्याबिनेट गोडमेल ठ्याक्कैयस्तै भा’छ। फस्ट नभए पनि सेकेन्ड, थर्ड हुने ग्यारेन्टी भनिएका मन्त्री फ्याटफ्याटी फालिएसी उल्टोबाट फस्ट हुनेलाई चाहिँ राजनीतिमा योग्य मानिएको छ।

मन्त्रिपरिषद् विद्यालयका हेडमास्टर कम्रेड ओली स्वयंले विष्ट र लालुलाई राम्रै विद्यार्थी मानिरहेका बेला उनीहरू एक्कासी झूर कसरी भए, यस्तै उत्तीर्णांकले त होला नि।

राजनीतिमा विद्यार्थी र हेडमास्टर मात्रै इमानदार भएर नहुँदो रै’छ, त्यसरी मात्रै ‘ए प्लस’ नआउँदो रै’छ। हेडमास्टरका चम्चा उनका डाडु पन्यूँ चलाउने हातले नै रिजल्ट अच्छा र झूर बनाउँदो रै’छ।

यस्तै रिजल्टले त रै’छ दुई/तीन वर्ष अघिसम्म नेताका दौरा, कन्दनी, सारी, कुर्थाको फेरो समात्न अघि–पछि गर्नेहरू अहिले हाई–हाई भा’का। सुरक्षाकर्मी, कार्यकर्ता र उनकै शब्दमा जनता अघिपछि लाग्या छन्।

प्रतिक्रिया दिनुहोस्