“मर्जरका लागि औचित्य स्पष्ट हुनुपर्छ”



अनुपमा खुञ्जेली
सीईओ, मेगा बैंक नेपाल

बैंकिङ क्षेत्रमा अहिले निकै प्रतिस्पर्धा देखिन्छ, संख्या धेरै हुँदा वित्तीय पहुँचमा वृद्धि त भएको छ। सँगसँगै यस क्षेत्रमा विभिन्न विकृति पनि आइरहेका छन्। बढ्दो प्रतिस्पर्धा तथा जोखिमका बाबजुद मेगा बैंक नेपालले नाफा बढाउँदै गएको छ।

मुलुकको बैंकिङ क्षेत्रको वर्तमान अवस्था स्वयम् मेगा बैंक नेपालको स्थिति तथा बैंकिङ क्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा केन्द्रित रहेर २८ वटा वाण्ज्यि बैंकमध्ये एक मात्र महिला सीईओसमेत रहनु भएकी मेगा बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेलीसँग नेपाल समाचारपत्रका लागि
परिवर्तन देवकोटाले गरेको कुराकानी ः

नेपलका बैंकहरूको वर्तमान अवस्थालाई कस्तो छ, अर्थात् यहाँले कसरी विश्लेषण गरिरहनु भएको छ ?

पछिल्लो समयमा नेपालको बैंकिङ क्षेत्रमा कर्जाको उच्च माग कायमै छ। कर्जाको अनुपातमा बचत भने त्यति नियमित भएको देखिँदैन।

पछिल्लो स्थितिलाई हेर्ने हो भने धेरैजसो बैंकहरूले अफ्नो पोलिसीमा कडाइ गरेर हिँडिरहेको देखिन्छ, बजारमा कर्जाको माग निक्कै छ।तर, त्यसअनुपातमा निक्षेप वृद्धि हुनसक्दा चुनौतीपूर्ण नै छ।

त्यस्तै पछिल्ला दिनमा बैंकहरूका कारण जनतामा वित्तीय पहुँच पनि वृद्धि भएको छ। ग्रामीण क्षेत्रमा बैंकहरू पुगेका छन्।

वित्तीय पहुँच गत वर्षभन्दा १५ प्रतिशतले वृद्धि भएको भनेर नेपाल राष्ट्र बैंकले नै तथ्यांक सार्वजनिक गरेको छ। अहिले वित्तीय पहुँच ५१ प्रतिशतमा पुगेको छ, यो भनेको राम्रो स्थिति हो। हामी आशा गरौं आगामी दिनमा वित्तीय पहुँचमा थप वृद्धि हुनेछ।

मर्ज गर्दा केही प्रोत्साहन पाउँ भन्ने आशा सबैलाई हुन्छ। तर, कहाँसम्म वा कतिसम्म दिने भन्ने कुरा नेपाल राष्ट्र बैंकको आफ्नो नीतिअनुसार हुन्छ। ‘गिभ एन्ड टेक’ भन्दा पनि कसलाई के चाहिएको छ, मुलुकको अर्थतन्त्रलाई के चाहिएको छ भन्ने कुरामा राष्ट्र बैंकले जोड दिएमा अझै राम्रो हुन्थ्यो होला।

पछिल्लो समयमा अधिकांश बैंकहरूले मर्जरको प्रतिबद्धता राष्ट्र बैंकसमक्ष बुझाए। तर, प्रतिबद्धता बुझाएका बैंकहरूले पछिल्लो समयमा मर्जरको विषयलाई बेवास्ता गरे भन्ने पनि सुनिन थालेको छ, वास्तबमा के त्यस्तै भएको हो ?

केही समय अघि मर्जरका लागि सबै बैंकहरू तातिएका थिए। यद्यपि अहिले बैंकहरू मर्ज भइसकेका छैनन्। किन ढिलाइ भयो अथवा मर्जरको विषय किन सेलायो भन्ने सबैको आ–आफ्नै कारण होला।

तर, नेपालको बंैंकिङ क्षेत्रमा रहेको हुनाले मेरो विचारमा मर्जरको विषयलाई सबैतिरबाट गम्भीर रूपले सोच्नुपर्छ र लाग्नुपर्छ जस्तो मलाई लाग्छ।

मर्जरका लागि सरकारी स्तरबाट, राष्ट्र बैंकले मर्जरको औचित्य के हो भन्ने स्पष्ट हुनुपर्छ। जस्तो कि अहिले हामी भनिरहेका छौं ग्रोथ प्रोस्पेन्टिङमा छ, शाखा सञ्जाल बढेको छ, सञ्चालन खर्च तथा सञ्चालनका लागि जोखिमहरू बढेका छन्।

यी सबैलाई हेर्दा, वाणिज्य बैंकहरूबीच मर्जरको आवश्यकता देखिएको छ। बैंकिङ सुरक्षाको सन्दर्भमा ध्यान दिँदा सूचना प्रविधिसँग सम्बन्धित चुनौतीसँगै खर्च पनि बढेको स्थिति छ।

यी सबै कारणले बैंकहरूबीच मर्जरको आवश्यकता देखिएको छ। अब यस विषयमा कसरी अगाडि बढ्ने, नेपालको बैंकिङ प्रणालीको आगामी दिशा के हुने भन्ने लगायतका विषयमा भने नियमक निकायबाट स्पष्ट तरिकाले नीतिगत रूपमै आउनुपर्छ भन्ने मलाई लाग्छ।

कतिपय बैंकले नेपाल राष्ट्र बैंकले मर्जरका लागि दिएको सुविधाहरू नपुगेको गुनासो गरिरहेका छन्। प्रोत्साहन कम भएर नै तपाईंहरू मर्जरमा नलाग्नुभएको हो त ?

नेपाल राष्ट्र बैंकले मर्जरका लागि केही प्रोत्साहन त पक्कै दिएकै छ। तर, जति दिनुपर्ने हो त्यति चाहिँे नदिएको हो कि भन्ने महशुस भएको छ।

त्यसकारण राष्ट्र बैंकले बैंकहरूका लागि अलि धेरै प्रोत्साहन दिएमा अझ छिटो मर्जर हुन्छ कि भन्ने कुरा हो।मर्ज गर्दा केही प्रोत्साहन पाउँ भन्ने आशा सबैलाई हुन्छ। तर, कहाँसम्म वा कतिसम्म दिने भन्ने कुरा नेपाल राष्ट्र बैंकको आफ्नो नीतिअनुसार हुन्छ।

‘गिभ एन्ड टेक’ भन्दा पनि कसलाई के चाहिएको छ, मुलुकको अर्थतन्त्रलाई के चाहिएको छ भन्ने कुरामा राष्ट्र बैंकले जोड दिएमा अझै राम्रो हुन्थ्यो होला।

पछिल्लो समय बैंकहरूमा तरलता अभाव तथा निष्क्रिय कर्जा बढेको देखिएको छ, छिटो–छिटो यो समस्या दोहोरिरहेको छ, सधैं यस्तो किन भइरहेको होला ?

नेपालका वाणिज्य बैंकहरूले आफ्नो चुक्ता पुँजी २ अर्ब रुपियाँबाट एकैपटक ८ अर्ब रुपियाँ पुर्याए। अहिले सबै बैंकहरू ‘सेफ ल्याण्डिङ’मा लागेका छन्।

केही एग्रेसिभ ल्यान्डिङको बेलामा अलिकति एनपीए बढ्नु भनेको ठिकै हो जस्तो मलाई लाग्छ। नेपालको स्थिति हेर्ने हो भने एनपीए लेवलमा साउथ एसियामा नै हामी राम्रो अवस्थामा छौं। सबै बैंकहरूले यसलाई व्यवस्थापन गरेर लैजानुपर्छ।

एटीएम ह्याक प्रकरणसँगै आफ्नो निक्षेप गुम्ला कि भन्ने चिन्ता सर्वसाधरणमा पर्न गयो। त्यसपछि नेपाल राष्ट्र बैंकले पनि सुरक्षामा विशेष ध्यान दिन र लगानी गर्न बैंकहरूलाई कडा निर्देशन दियो। यसबाट बैंकिङ क्षेत्रमा सूचना प्रविधिका क्षेत्रमा सुरक्षाको चुनौती धेरै छ भन्ने देखिएको हो ?

हाम्रो देशमा मात्रै नभई यस्ता ह्याकिङका समस्या विदेशमा पनि भइरहेका हुन्छन्। विदेशमा सुरक्षा प्रणालीहरू नयाँ र धेरै नै उच्चस्तरका हुन्छन्।

हाम्रो देशमा पनि बैंकहरूले सुरक्षा प्रणालीमा ध्यान नदिएका चाहिँ होइनन्, गर्दा गर्दै पनि समस्या उत्पन्न हुन्छ।

तर, यस्ता घटना दोहोरिन नदिन भने उच्च सतर्कता अपनाउनुपर्ने अवस्था छ। निश्चय पनि बैंकहरूले सूचना प्रविधिका क्षेत्रमा ध्यान दिँदै यसको सुरक्षाका लागि लगानी गर्नुपर्छ।

तपाईंको नेतृत्वमा रहेको मेगा बैंक नेपालको वर्तमान अवस्था कस्तो रहेको छ ?

समग्र अवस्थाबाट हेर्दा मेगा बैंकलाई हामीले दुई तीनवटा कुराबाट राम्रो देख्छौं। ग्रोथलाई हेर्ने हो भने गत पाँच वर्षकै आँकडालाई लिने हो भने पनि हामी निकै अगाडि बढिरहेका छौं।

त्यसअनुसार हाम्रो एनपीए लेवल पनि राम्रो रहेको छ। पुँजीलाई हेर्ने हो भने हामी सेकेन्ड टप चुक्ता पुँजी भएको वाणिज्य बैंकभित्र हामी पर्छौं। यसरी हेर्दा मेगा बैंक नेपाल सबल, सक्षम र समृद्ध बैंक हुँदै गएको कुरामा दुईमत छैन।

त्यस्तै शाखा संख्यामा हेर्ने हो भने १ सय ११ वटा शाखा विस्तार भएका छन्, जसले बैंकिङ पहुँच विस्तारमा राम्रो सहयोग गरेको हाम्रो विश्वास छ।

हामीले १ सय १२ वटा एटीएमबाट हामीले सेवा दिइरहेका छौं भने शाखारहित बैंकिङ नै १ सय १९ वटा रहेको छ। हामीसँग ६ लाख ६५ हजार ग्राहक रहेका छन्।

मेगा बैंक नेपालले मर्जर तथा एक्विजिसनको सन्दर्भमा आगामी दिन कस्तो कदम चाल्ने तयारी गरिरहेको छ ?

हामी नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार मर्ज तथा एक्विजिसनलाई अगाडि बढाउने तयारीमा छौं। केन्द्रीय बैंकले कस्तो नीति ल्याउँछ त्यसअनुसारको हाम्रो नीति हुन्छ।

तथापि, अहिले हामी गण्डकी विकास बैंकसँगको एक्विजिसनको तयारीमा छौं। आगामी तीन–चार महिनामा हामीले एक्विजिसन प्रक्रियालाई पूरा गरेर एकीकृत कारोबार सञ्चालन गर्छौं। त्यसपछि हामी अन्यसँग मर्जरको बारेमा आवश्यक छलफल तथा तयारी गरेर अघि बढ्छँैं।

तपाईंको नेतृत्वमा मेगा बैंक नेपाल सञ्चालन हुनु नेपाली आम महिलाका निम्ति एउटा गर्वको विषय हो। यसबाट नेपाली महिलाले सिक्नुपर्ने कुरा के हुन सक्छ ?

मुख्यतया, महिलाको सशक्तिकरणका लागि हामीले महिला उद्यमशीलतालाई बढाउनु नै पर्छ। अझ हामी त आधा आकाश ढाक्ने महिला भन्छौं।

हामीले महिला उद्यमशीलतालाई प्रवद्र्धन गरेर उहाँहरूलाई अगाडि ल्याउनैपर्छ। अहिले पनि ९ कक्षापछि १५ प्रतिशत किशोरीहरूले आफ्नो पढाई छोड्ने गर्छन् भनिन्छ।

यो संख्यालाई हामीले घटाउनुपर्छ। किनकी शिक्षा नै अवसरको ज्योति हो। बैंकिङ क्षेत्रलाई हेर्ने हो भने अहिले ४३ प्रतिशत महिला व्यवस्थापकहरू रहनुभएको छ।

बैंकिङ क्षेत्र महिलाका लागि एउटा सशक्त माध्यम हो। कुनै पनि अभिभावकले आफ्ना छोरीलाई बैंकमा काम लगाउन हिच्किचाउनु भएको पाईंदैन। यसको मतलब परिवारले पनि यो क्षेत्रलाई साथ दिन्छन्। त्यसकारण बैंकिङ क्षेत्रमा पनि महिलाका लागि अवसर धेरै नै छन्।

मेगा बैंक नेपालमा फस्र्ट पर्सन पनि महिला, सेकेन्ड पर्सन पनि महिला नै भएका कारण महिलाहरूले बैंकमा आकर्षित भएको पाइएको छ। त्यसकारण म के भन्छु भने महिलालाई यो क्षेत्र धेरै राम्रो छ, आउनुहोस् मेहनत गर्नुहोस्, अवसर प्रशस्त छन्।

अन्त्यमा यहाँले भन्नुपर्ने केही छ की ?

हामीले बैंकिङ पहुँच बढाउने भनिरहेका छौं। प्रधानमन्त्रीज्यूले नै यसे अभियानको शुरूवात गर्नुभएको छ। त्यसकारण सबै नेपालीहरूले बैंकबारे बुझौं, बैंकमा खाता खोलौं। बैंकका सेवा सुविधाको उपभोग गरौं भन्न चाहन्छु।

 

प्रतिक्रिया दिनुहोस्