क्विक्स कप यही मंसिरमा



काठमाडौं, (नेस)।

क्विक्स कप अन्तरविद्यालय छात्र/छात्रा राष्ट्रिय फुटबल प्रतियोगिता यही मंसिरदेखि शुरू हुने भएको छ। बिहीबार पत्रकार सम्मेलनमा जनाएअनुसार छात्रतर्फ मंसीर ८ गतेदेखि र छात्रातर्फ मंसिर २० गतेदेखि सञ्चालन हुनेछ।

एन्फा कम्प्लेक्सको मैदानमा हुने प्रतियोगितामा छात्रमा १६ टोली र छात्रामा १२ टोलीले सहभागिता जनाउने छन्। चार समूहमा विभाजित प्रत्येक समूहका शीर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्ने छन्।

प्रतियोगितामा दुवैतर्फका विजेताले ३/३ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै दोस्रो हुने टोलीलाई १ लाख ५० हजार नगद पुरस्कार दिइनेछ। तेस्रो र चौथो हुनेले क्रमशः ७५ हजार र ५० हजार नगद पुरस्कार हासिल गर्नेछन्।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्