स्थानीय तहमा भएकाे आर्थिक अनियमितता व्यवस्थित गर्छुः हृदय त्रिपाठी



न्युज अफ नेपाल, काठमाडौ‌ ।

नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएसँगै मन्त्री र राज्यमन्त्रीले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

यस्तैमा पदभार ग्रहण गर्दै नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदय त्रिपाठीले आफ्नो पहिलो प्राथमिकता स्थानीय तहमा भएकाे आर्थिक अनियमिततालाई व्यवस्थित गर्ने बताएका छन् ।

त्रिपाठीले भने व्यक्ति मात्र दोषि होईन नीतिगत संरचना नै कमजोर छ । ‘जति नै बलियो ड्राइभरले पनि १० हर्सपावरको गाडी चलाउन दियो भने उसलाई समस्या आइहाल्छ, उनले भने ।

लालबाबु पण्डितको ठाउँमा मन्त्री बनेका त्रिपाठीले अहिले निजामती प्रशासनमा नीतिगत र संरचनागत दुवै समस्यालाई सच्याउनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्