मन्त्री हुँदा ज्यामी माहुरीले झैं काम गरेंः गोकर्ण विष्ट



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लामो चर्चाबीच मन्त्रिपरिषदका सदस्यहरु हेरफेर गर्नुभएको छ । बुधबार साँझ प्रधानमन्त्री ओलीले २५ सदस्यीय नयाँ मन्त्रिमण्डलको पुनर्गठन गर्नुभयो, केही मन्त्री हटिए र केही नयाँ आए । हटाइने र ल्याइने मन्त्रीको अड्कलबाजी लामो समयदेखि नै चल्दै आएको थियो । बुधबार मन्त्रिपरिषदका सदस्यमा धेरैको अनुमानभन्दा केही मन्त्रीहरु बाहिरीए र केही यथावत रहे ।

आश गएिको केही मन्त्रीहरु बाहिरीएपछि सर्वसाधरणले विभिन्न प्रश्नहरू उठाइरहेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले श्रममन्त्री गोकर्ण विष्टलाई मन्त्रीबाट हटाइएकोमा असन्तुष्टिहरु जनाएका छन् । सर्वसाधरणले सामाजि सञ्जालमा गोकर्ण विष्टले राम्रो काम गरेको भन्दै प्रशंसा पनि गरिहरेका छन् ।

बर्खास्त गरिएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले पनि आफू मान्त्री हुँदा ज्यामी माहुरीले झैं काम गरेको प्रतिक्रिया दिएका दिनुभएको छ।

मन्त्री पदबाट बाहिरिएपछि फेसबुकमार्फत उहाँले वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेको प्रतिक्रिया दिनुभएको छ ।

उहाँले लेख्नुभएको छ, ‘अहिले मन्त्रीबाट बाहिरिएको छु, थप उर्जा र प्रेरणाका साथ । मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गर्ने सम्मानीय प्रधानमन्त्रीज्यूप्रति कृतज्ञ छु । सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबै दाजुभाइ दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद !’

प्रतिक्रिया दिनुहोस्