काठमाडौंलाई धूलोधूवाँमुक्त बनाउन सम्भव छ, म गरेर देखाउँछुः यातायात मन्त्री नेम्वाङ



न्युज अफ नेपाल, काठमाडौं । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले काठमाडौं उपत्यकालाई धूलो–धूवाँमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बिहीवार शपथ लिएर मन्त्रालयमा कार्यभार सम्हाल्नेक्रममा मन्त्री नेम्वाङले काठमाडौंलाई धूलोधूवाँमुक्त बनाउने बताएका हुन् ।
‘यति समयमै भन्दिनँ तर काठमाडौंलाई धूलोधूवाँमुक्त बनाउन सम्भव छ, म गरेर देखाउँछु,’ उनले भने ।

मन्त्री नेम्वाङले निर्माणाधीन सडक योजना पूरा गर्ने प्रतिबद्धता जनाए ।

सोही कार्यक्रममा निवर्तमान मन्त्री रघुवीर महासेठले आफू सफल मन्त्रीको रूपमा सिंहदरबारबाट बाहिरिन लागेको दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्