क्रिकेट ईतिहासकै दुर्लभ घटना, सबै खेलाडी शून्य रनमा आउट



एजेन्सी । क्रिकेटको ईतिहासमा अनेकौं दुर्लभ घटना हुने गर्छन्। यस्तै हालैमा एक दुर्लभ घटना भएको छ। जहाँ एक टिमका सबै खेलाडी शून्य रन बनाएर आउट भए।

भारतको मूम्बईमा भएको यू–१६ टुर्नामेन्टको पहिला राउउण्डमा उक्त अजिब घटना भएको हो। उक्त खेल बोरीवलीको स्वामी विवेकानन्द इन्टरनेशनल स्कुल र अंधेरीको चिल्ड्रन्स वेलफेयर सेन्टर स्कुलबीच खेलाईएको थियो। जसमा चिल्ड्रन्स वेलफेयर सेन्टरका कुनै पनि ब्याट्सम्यानले खाता खोल्न सकेनन्। सबै शून्यमा आउट भए।

उक्त खेलमा ७ रन अतिरिक्त आएको थियो। जसमा ६ रन वाइड र एक बाईबाट आएको थियो। चिल्ड्रन्स वेलफेयर सेन्टरका सबै खेलाडी मात्र ६ ओभरमा आउट भएका थिए।

स्वामी विवेकानन्द स्कुलले पहिला ब्याटिङ गर्दै ४५ ओभरमा ७६१ रन बनाएको थियो। जसमा मीत मायकेरले १३४ बलमा ३३८ नटआउट बनाएका थिए। चिल्ड्रन्स वेलफेयर सेन्टर स्कलले उक्त खेलमा ७५४ रनले लज्जास्पद रुपमा पराजित भयो ।

 

प्रतिक्रिया दिनुहोस्