एलएलाई उपाधि



नेपाल समाचारपत्र, काठमाडौं।

लिटिल एन्जल्स (एलए) स्कुलले २६ औं एसएमएल इसुजु ज्ञान कार्निभल अन्तरविद्यालय खेलकुद प्रतियोगिताको ब्वाइज फुटबल उपाधि जितेको छ।

खोखनास्थित आयोजक ज्ञानोदय बाल वाटिकाद्वारा आयोजित प्रतियोगिताको बुधबार भएको फाइनलमा एलएले मल्पीलाई ३–२ गोलले पराजित गर्दै उपाभि चुमेको हो।

एलएको जितमा विशालप्रसाद मगरले दुई र बसन्त दुराले एक गोल गरे। मल्पीका लागि दुवै गोल वित्निटले फर्काए। एलएका विसम पुन मगर उत्कृष्ट खेलाडी घोषित भए।

त्यस्तै नेटबलतर्फ उपाधिका लागि भने रिलायन्स पब्लिक स्कुल र मल्पी भिड्ने भएका छन्। बुधवार भएको खेलमा रिलायन्सले रिलायन्स इन्टरनेसनल स्कुललाई ३२–२१ ले हरायो। रिलायन्सकी ओजस्वी निरौलाले २९ अंक जोडिन्।

त्यस्तै मल्पीले पनि हिमालयलाई ४१–१० ले पाखा लगाएको थियो। मल्पीकी कृतिका सैजुले २९ स्कोर गरिन्। ब्वाइज बास्केटबलमा पुष्पसदनले निर्मललाई ५२–५१ तथा श्री मंगलदीपले मल्पीलाई ३९–२५ ले पन्छ्याउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे। पुष्पसदनका सुदिन शाक्यले १६ तथा मंगलदीपका जिग्मे छिरिङले १५ अंक जोडे।

प्रतिक्रिया दिनुहोस्