रेडमी नोट ८ बजारमा



साओमी ग्लोबल टेक्नोलोजी लिडरले बहुप्रतिक्षित रेडमी नोट ८ सिरिजको स्मार्टफोन सार्वजनिक गरेको छ। क्वाड क्यामेरा सेटअप भएको विश्वकै पहिलो रेडमी नोट ८ सिरिजले फेरि एकपटक स्मार्टफोन सेग्मेन्टमा तहल्का मच्चाउने कम्पनीको दाबी छ।

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भन्नुभयो–‘ स्मार्टफोन श्रेणीमै रेडमी नोट सिरिज अब्बल रहँदै आएका छन्।

प्रत्येक रेडमी नोटले प्रविधिका पर्खाल नाघेर यथास्थितिलाई चुनौति दिँदै भ्यालु प्रोपोजिसनलाई पुनः परिभाषित गरेको छ।

हामी ६४ एमपी क्वाड–क्यामेरा बिस्ट– रेडमी नोट ८ प्रो सार्वजनिक गर्न पाउँदा निकै खुशी छौं। विश्वकै ६४ एमपी क्यामेराका साथ हेलियो न्ढण्त् चिपसेट भएको यो स्मार्टफोनले गेमिङ र फोटोग्राफीमा नयाँ बेन्चमार्क कायम गर्नेछ।

६४ एमपी क्वाड क्यामेरा सेटअप र समान सक्षम चिपसेट भएको रेडमी नोट ८ प्रोको फ्रन्ट क्यामेरा सेटअपमा २० एमपी सेल्फी सुटर छ। रिफ्रेस औरा डिजाइनमा अद्भुत गाम्मा ग्रिन कलर र डुअल कोर्निङ गोरिला ग्लास ५ भएको रेडमी नोट ८ प्रो सुन्दर, इग्रोनोमिक डिजाइनको दुलर्भ संयोजन हो ।

रेडमी नोट ८, ६ जीबी प्लस ६४ जीबी र ६ जीबी प्लस १२८ जीबी भेरियन्टमा क्रमशल् १८ हजार ९९९, २३ हजार ९९९ मा उपलब्ध हुनेछ। यो फोन तीनवटा कलर भेरियन्ट– मुनलाईट ह्वाइट, स्पेश ब्लाक र नेप्च्यून ब्लुमा रहेका छन्।

रेडमी नोट ८ प्रो, ६ जीबी प्लस ६४ जीबी, ६ जीबी प्लस १२८ जीबी र ८ जीबी प्लस १२८ जीबी स्टोरेज भेरियन्टमा २६ हजार ९९९,२९ हजार ९९९ र ३२ हजमर ९९९ रुपियाँमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्