मारुती सिमेन्टलाई एनएस क्वालिटी अवार्ड



मारुती सिमेन्टले एनएस क्वालिटी अवार्ड २०१९ प्राप्त गरेको छ। यसअघि कम्पनीले क्लिंकर ओपीसी सिमेन्ट उत्पादन तथा बिक्री वितरणको लागि एनएस/आईएसओ ९००१ः२०१५ र क्लिंकर – क्रसिङ, ग्राइन्डिङ र क्लिंकराइजेशन एवं ओपीसी सिमेन्ट (ग्राइन्डिङ र प्याकिङ) को लागि एनएस/आईएसओ १४००१ः२०१५ प्राप्त गरेको थियो।

कम्पनीका ब्रान्ड म्यानेजर राजु श्रेष्ठले भन्नुभयो–‘यसको मुख्य श्रेय सम्पूर्ण उपभोक्ता महानुभाव, शुभचिन्तकवर्ग तथा मारुती सिमेन्टसँग आबद्ध सम्पूर्ण सहकर्मीलाई दिन चाहन्छौं।

साथै कम्पनीको तर्फबाट आभार व्यक्त पनि गर्दछौं र आगामी दिनमा पनि अझ दरिलो विश्वासको साथ आफ्नो गुणस्तरलाई अझ निखार्दै र मजबुत बनाउँदै समृद्ध नेपाल बनाउने कार्यदिशामा सदैव अग्रसर रहिरहने छौं।’

प्रतिक्रिया दिनुहोस्