आबेको नयाँ कीर्तिमान



टोकियो, (एजेन्सी)।

जापानका प्रधानमन्त्री सिन्जो आबे देशमा अहिलेसम्म कै सबैभन्दा लामो समयसम्म प्रधानमन्त्रीको पदमा रहिरहने व्यक्ति बनेका छन्। यसका बाबजुद सेनालाई बलियो बनाउन संविधानमा संशोधन गर्ने उनको महत्वाकांक्षी लक्ष्य अहिलेसम्म पुरा हुन सकेको छैन।

बुधबार आबे यो पदमा रहेको २ हजार ८सय ८७ दिन पुगेको छ। ५२ वर्षको उमेरमा ओबेले पद समाल्दा उनी जापानको इतिहासमै सबैभन्दा युवा प्रधानमन्त्री बनेका थिए।

साथै उनी दोस्रो विश्वयुद्धपछि जन्मेर प्रधानमन्त्री बन्ने पहिलो व्यक्ती पनि थिए। यसअघि लामो समयसम्म प्रधानमन्त्री बनेको कीर्तिमान तारा कतसुराको नाममा थियो।

प्रतिक्रिया दिनुहोस्