चपली हाइट–३ सुटिङ फ्लोरमा



फिल्म चपली हाइटको सिरिज चपली हाइट ३ बन्ने भएको छ। निर्माता तथा गायक अर्जुन कुमारको निर्माणमा बन्ने चपली हाइट ३ को मंगलबार कार्यविनायक मन्दिरमा शुभमुहूर्त गरिएको छ भने आज बिहीबारबाट छायाँकन फ्लोरमा जाने भएको छ।

फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी र प्रतिक श्रेष्ठले प्रमुख भूमिकामा अभिनय गर्दै छन्। महेश र प्रतिकले यही फिल्मबाट डेब्यु गर्न लागेका हुन्।

सस्पेन्स थ्रिलर जनरामा निर्माण हुने फिल्म निकेश खड्काले निर्देशन गर्दै छन्। फिल्म अर्जुनकुमार फिल्मस् र केडिसी हस्पिटलको संयुक्त निर्माणमा बन्न लागेको हो।

चपली हाइट व्यावसायिक रूपमा सफल भएको थियो भने चपली हाइट २ ले आशाअनुरूपको सफलता हासिल गर्न सकेको थिएन। चपली हाइट ३ भने सफल हुने विश्वास निर्माता अर्जुन कुमारले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्