लाङटाङ राष्ट्रिय निकुञ्जबाट १ करोड राजस्व सङकलन



सरस्वती न्यौपाने, रसुवा ।

लाङटाङ राष्ट्रिय निकुञ्जको कार्यालय रसुवाले कात्तिक महिना को सुरु बाट मसान्त सम्म आइपुग्दा एक करोड १८ लाख ६३ हजार ८५ रुपैया ८४ पैसा राजश्व सङकलन गरेको छ ।

कात्तिक महिनाको एक गते सम्ममा पर्यटक (नेपाली) पर्यटक सार्क पर्यटक विदेशी वन पैदावर (दाउरा) बालुवा ,ढुङगा,पर्यापर्यट र दण्ड सजाय राहत रकम सहित गरि यति राजश्व उठेको निकुञ्ज का प्राविधिक रेञ्जर रमेश बस्नेतले जानकारी दिए ।

रेञ्जर बस्नेतका अनुसार कात्तिक महिनामा ९ पटक स्वीप अपरेशन खाडल निर्माण ४ वटा पर्यटक विश्राम स्थल निर्माण एउटा शौचालय निर्माण एउटा २० कि.मि. को गोरेटो बाटो निर्माण गरिएको र वन्यजन्तु अपराध नियन्त्रण ब्युरो बैठक एकपटक भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्