प्रहरीलाई नै घुस दिन खोजेको आरोपमा एक जना पक्राउ



न्युज अफ नेपाल, काठमाडौं ।

प्रहरीलाई घुस दिन खोजेको आरोपमा महानगरीय प्रहरी वृत्त महाराजगंजले एक जना महिलालाई नियन्त्रणमा लिएको छ ।

काठमाडौंको टोखा नगरपालिका(५ बसुन्धरास्थित आगमन फुडल्याण्ड एण्ड गेष्ट हाउसमा अनैतिक क्रियाकलाप भइरहेको भन्ने सूचनाको आधारमा मंगलबार राति छापा मार्न पुगेको प्रहरीको टोलीलाई ५० हजार रुपैयाँ घुसदिन खोजेपछि गेष्ट हाउसकी सञ्चालक ४० वर्षीया सोममाया राईलगायत ४ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उदयपुरको गाईघाट नगरपालिका(५ घर भएकी राईले अनुसन्धानमा खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा उक्त नगद दिन खोजे पश्चात उनीहरुलाई नगदसहित पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्