५ देखि १० जनासम्म मन्त्री फेरिँदै, शपथ आजै



न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीपरिषद् पुनर्गठन गर्दै छन्। मन्त्री हेरफेरबारे नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसगँको छलफलपछि प्रधानमन्त्री ओली केहिबेर अघि राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन्।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नवनियुक्त मन्त्रीहरुलाई दिउँसो ४ बजेसम्म सपथ गराउने तयारी भएकाले त्यसैको प्रक्रिया मिलाउन प्रधानमन्त्री शितलनिवास जानकारी दिएका हुन्।

हट्ने र नयाँ नियुक्त हुने मन्त्रीहरुको नाम औपचारिक रुपमा सार्वजनिक नभएपनि कम्तीमा ५ देखि १० जनासम्म मन्त्री फेरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले हिजोको मन्त्रीपरिषद बैठकमा पनि आज मन्त्रीपरिषद हेरफेर गर्ने भन्दै मन्त्रीहरुलाई सार्वजनिक कार्यक्रम नराख्न निर्देशन दिएका थिए।

हेरफेर हुने मन्त्रीहरुको नाम टुंगिएपछि त्यसलाई अनुमोदन गरी अन्तिम रुप दिन पार्टीको सचिवालय बैठक पनि बोलाइएको छ। बिहान ९ बजे बस्ने भनिएको बैठक नेताहरु आन्तरिक छलफलमा व्यस्त भएकाले दिउँसो साढे १२ बजेका लागि सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्