मन्त्रिपरिषद पुनर्गठनअघि अध्यक्षद्वय शितलनिवासमा



काठमाडौं । मन्त्रिपरिषद पुनर्गठन अघि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेका छन् । आज बिहान ओली र प्रचण्ड शितलनिवास पुगेर राष्ट्रपति भण्डारीसँग परामर्श गरेका हुन् ।

राष्ट्रपतिलाई भेट्नुअघि ओली र प्रचण्डले बालुवाटारमा एकआपसमा छलफल गरेका थिए । छलफल लगत्तै अध्यक्षद्वय शितलनिवास प्रस्थान गरेका थिए ।

प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद हेरफेरको तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्